• २०७६ जेठ १३ सोमबार

विप्लव समूहका गतिविधि आपराधिक भएकाले प्रतिबन्ध :सरकार

काठमाडौं । संगठित अपराध गरेकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु परेको सरकारले बताएको छ । साथै प्रचलित कानुनअनुसार नै प्रतिबन्ध लगाएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले संगठित अपराध ऐन २०७०, फौजदारीलगायतका कानुन कानुनलाई टेकेर प्रतिबन्ध लगाइएको बताए ।राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने परेको जानकारी गराएका छन् ।

पछिल्लो समय चन्दको समूहले विस्फोट, आगजनी, चन्दा असुली लगायतका घटनाहरु बढाएको थियो । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय केन्द्रित गरेर विस्फोट गराएको थियो । उक्त विस्फोटमा एक जनाको ज्यान गएको थियो । त्यही दिन उक्त, समूहले राजधानीको कमलपोखरीमा बम राखेको थियो । त्यस्तै फागुन २४ गते वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा विस्फोट गराएको थियो । उक्त विस्फोटमा ४ जना घाइते भएका थिए । करिब डेढ महिनाअघि संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको विद्यतुगृहमा विस्फोट गराएको थियो । त्यस्तै एनसेलका बाग्लुङ, म्याग्दी, कास्की, नवलपरासी, कपिलवस्तु लगायतका विटिएस टावरमा आगजनी गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीहरुलाई धम्काउँदै चन्दा असुलीलाई तिब्रता दिएको थियो । विद्यालय लगायतमा संगठित संघसंस्थाहरुमा पनि चन्दाका लागि पत्र पठाउने क्रम चन्द समूहले तीव्र बनाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार