• २०७६ जेठ १३ सोमबार

महिला साफ च्याम्पियन : नेपाल र बंगलादेश सेमिफाइनलमा, भुटान बाहिरियो

 आयोजक नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको शहीद रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई बंगलादेशले २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै अन्तिम चारमा पुगेको हो । नेपाल रहेको समूह ए मा ब‌ंगलादेश र भुटान रहेका छन् । भुटान दुबै खेलमा पराजित भएर बाहिरिएको छ भने नेपाल र ब‌ंगलादेश सेमिफाइनलमा पुगेका छन् । यसअघि नेपालले भुटानलाई ३-० ले पराजित गरिसकेको छ । शनिबार हुने खेलले समूह ए को विजेताको छिनोफानो गर्नेछ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बंगलादेश दबाबमा देखिएको थियो । तर दोस्रो हाफको ४७ औं मिनेटमा मिश्रत जाहान मोसुमीले अग्रता दिलाइन् । खेल सकिन ५ मिनेट‌ बाँकी रहँदा कप्तान सविना खातुनले एकल प्रयासमा सुन्दर गोल गर्दै बंगलादेशको जित सुनिश्चित पारिन् ।

यस जितसँगै बंगलादेशले पनि जितको खाता खोलेको छ । नेपाल र बंगलादेश दुवैको समान ३-३ अंक भएपनि नेपाल गोलअन्तरमा अगाडी छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार