• २०७७ मङ्सिर ८ सोमबार

नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल आज

बंगबन्धु रंगशालामा साँझ पौने पाँच बजे शुरु हुने

ढाकामा प्रशिक्षणरत नेपाली राष्ट्रिय टोलि

दुई मैत्रीपूर्ण फुटबल खेलका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय टोलीले आज बंगलादेशसंग पहिलो खेल खेल्दैछ ।

साँझ पौने ५ वजे बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा शुरु हुने खेलमा नेपालले झण्डै १ वर्षको अन्तरालमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दैछ ।  गत कात्तिक २० गते ढाका प्रस्थान गरेको नेपाली टोलीको नेतृत्व कप्तान किरण चेमजोङले गर्नेछन् । नेपाली टोलीले ढाकामै गएको आइतबारदेखि प्रशिक्षक बालगोपाल महर्जनको मार्गदर्शनमा आन्तरिक प्रशिक्षण गरीरहेको छ । दक्षिण एशियामा बंगलादेश नेपालको मुख्य प्रतिस्पर्धी भएकाले पनि यो खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ ।

प्रशिक्षक महर्जनले कोरोनाका कारण केही समस्या देखिए पनि नेपालले  राम्रो नतिजा ल्याउने विश्वास ब्यक्त गरेका छन् । कप्तान किरण चेम्जोङले पनि नेपाल र बंगलादेशको स्तर समान रहेकाले मैत्रीपूर्ण म्याचमा तीव्र प्रतिस्पर्धा हुने बताए । कोरोना संक्रमणका कारण राष्ट्रिय टोलीका केही सिनियर खेलाडी खेल्न नपाएपछि टोलीमा नयाँ अनुहारले स्थान पाएका छन् । 

नेपालले बंगलादेशसंग यसअघि  खेलेका दुई मैत्रीपूर्ण खेलमध्ये नेपालले १ बराबरी र १ हार बेहोरेको थियो । नेपालले आफ्नो दोस्रो खेल भने मंसीर २ गते खेल्नेछ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार