• २०७७ मङ्सिर ११ बिहीबार

कलाकार मनोज गजुरेल कोरोनामुक्त

कलाकार मनोज गजुरेल कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । उनले सामाजिक सन्जालमार्फत् आफु काेराेना स‌ंक्रमणमुक्त भएकाे जानकारी गराएका हुन् ।११ दिनको अस्पताल बसाइँ पछि उनी घर फर्किएर आराम गरिरहेका छन् । यसको जानकारी गजुरेल आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् ।

उपचारपछि उनी निको भएको गजुरेलले फेसबुकमार्फत जानकारी दिएका हुन् । यसबारेमा उनले भनेका हुन्, ‘धन्यवाद तथा आभार ११ दिनको अस्पताल बसाईपश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड– १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु । यस क्रमममा अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपीएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमनदेखी नै धन्यवाद । सकेसम्म यो महमारीबाट आफू जोगिऔंँ । अरुलाई पनि जोगाऔं । दिपावलीको सबैलाई शुभकामना ।’

यही कात्तिक १० गते उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । सुरुमा घरमै आइसोलेसनमा बस्दै आए पनि अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि उनलाई यही कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार