• २०७६ जेठ ८ बुधबार

एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको फत्तेपुरमा

 एनआईसी एशिया बैंक लि.ले सप्तरीको फत्तेपुरमा नयाँ शाखा उद्घाटन गरेको छ ।   शाखाको उद्घाटन एक समारोहका बिच सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले गरेका छन् । उक्त शाखाको उद्घाटन समारोहमा नगर प्रमुख शर्माले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।

बैंकले हालसम्म मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेका छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार