• २०७७ मङ्सिर ११ बिहीबार

नेपालले बंगलादेशसंग आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै

एक खेल हारेको नेपालका लागि प्रतिष्ठाको लडाईं

दुई मेत्रीपूर्ण खेलका लागि ढाकामा रहेको नेपाली फुटबल टोलिले मंगलबार बङ्गलादेशसंग दोस्रो तथा अन्तिम खेल खेल्दैेछ ।

खेल बंगलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा बेलुकी पौने ५ बजे शुरु हुनेछ । मुजिब बर्सो फिफा इन्टरनेशनल सिरिज अन्तर्गत गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाल घरेलु टोलि बङ्गलादेशसँग २–० गोल अन्तरले पराजित भएको थियो । भ्रमणकारी नेपाली टोलिका सामू प्रतिष्ठाका लागि पनि मङ्गलबारको दोस्रो खेल जित्नै पर्ने बाध्यता छ । नेपाली टोलिका मुख्य प्रशिक्षक बालगोपाल महर्जन पहिलो खेलमा भएको कमजोरी सच्याएर जति निकाल्न नेपाली टोलि तयार रहेको बताउँछन् । 

कोरोनाका कारण पर्याप्त अभ्यास गर्न नपाएको तथा टोलिमा धेरै नयाँ खेलाडी भएकाले पनि बङ्गलादेशसँगको पहिलो खेलमा पराजय भोग्नुपरेको प्रशिक्षक महर्जनको भनाइ छ । बंगलादेशको रणनीति आफूहरुले बुझिसकेकाले आजको दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्ने उनको विश्वास छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार