• २०७७ मङ्सिर ११ बिहीबार

आइओटा आँधीका कारण मध्य अमेरिकामा ३० भन्दा बढीको मृत्यु

सबैभन्दा बढी मानवीय क्षति निकारागुवा र होण्डुरसमा 

सुरक्षित स्थानतर्फ जाँदै आँधी प्रभावितहरू,एपी

मध्य अमेरिकी क्षेत्रमा आएको आइओटा नामक आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार ३० पुगेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय आँधी व्यवस्थापन केन्द्रले जानकारी गराएको छ ।

गत सोमबार आएको ‘पाँचौँ श्रेणी’को विनासकारी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको निकारागुवा राज्य प्रशासनले बताएको छ ।आइओटाका कारण निकारागुवामा दुई बालबालिकासहित सबैभन्दा बढी १८ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । आँधीका कारण होन्डुरसमा १४ व्यक्तिको मृत्यु भएकोमा पाँच जना एकै परिवारका रहेको बताइएको छ ।  आँधीको विनासकारी प्रभाव बिहीबारसम्म रहने अमेरिकी मौसम विज्ञान कार्यालयले जानकारी गराएको छ । 
अमेरिकामा सन् २०२० कै सबैभन्दा ठूलो मानिएको अलसाल्भाडोर क्षेत्रमा आएको एटलान्टिक आँधी भने केही दिनदेखि शान्त बनेको छ ।  अमेरिकी आँधी केन्द्रका अनुसार आइओटा पनि विस्तारै शान्त हुने क्रममा रहेको तर अन्त्यतिर जनजीवनलाई खतरामा पार्ने गरी मध्य अमेरिकी देशहरु होन्डुरस, निकारागुवा र ग्वाटेमाला क्षेत्रका विभिन्न स्थानहरूमा पहिरो तथा बाढीको मुख्य असर परेको आँधीजन्य विपत् व्यवस्थापन केन्द्रले जनाएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार