• २०७७ मङ्सिर ११ बिहीबार

उद्योग बाणिज्य महासंघमा ढकाल समूहका दुई सदस्य निर्विरोध

प्रदेश १ र द्वीराष्ट्रिय उद्योग बाणिज्य संघतर्फका केन्द्रिय सदस्य सर्वसम्मत

निर्विरोध निर्वाचित राउतलाइ बधाइ दिंदै चन्द्र ढकाल

नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं साधारणसभा शुरु हुनु अगावै दुई जना केन्द्रिय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी चन्द्रप्रसाद ढकाल समूहबाट उम्मेद्वारी दिएका राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् । राउत प्रदेश १ को कोटामा तथा अग्रवाल द्वीराष्ट्रिय उद्योग वाणिज्य संघको कोटामा विजयी भएका हुन् । ती दुई कोटामा एक एक जनाको मात्रै उम्मेद्वारी परेका कारण उनीहरु निर्विरोध निर्वाचित भएको महासंघ निर्वाचन समितिले जनाएको छ । तर निर्वाचित भएको घोषणा भने मंसीर ११–१३ मा हुने ५४ औं साधारणसभामा नै गरिने छ । 

केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका हालका प्रदेश १ उपाध्यक्ष राउत र नेपाल ईण्डोनेशिया उद्योग बाणिज्य संघका अध्यक्ष अग्रवाललाई बिहीबार समूहका नेता ढकालले बधाई दिएका छन् । 

महांघको भावी कार्यसमितिमा बर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् भने वरिष्ठ उपाध्यक्षसहित अनय पदहरुमा निर्वाचन हुनेछ । महासंघको भावी नेतृत्वको उत्तराधिकारी बन्न बरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान टिमसहित चुनावी प्रतिस्पर्धामा छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार