• २०७७ मङ्सिर ११ बिहीबार

भारतमा जन्ती बोकेको जीप दुर्घटनामा १४ जनाको मृत्यु

उत्तरप्रदेशको प्रतापगढ जिल्लामा गएराति दुर्घटना

भारतको उत्तर प्रदेशमा जन्ती गएर फर्किंदै गरेको जीप दुर्घटना हुँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । 

उत्तर प्रदेशस्थित प्रतापगढ जिल्लामा गएराति  भएको बोलेरो जीप दुर्घटनामा ज्यान गुमाउनेमा  ६ जना बालबालिका रहेको उत्तर प्रदेश प्रहरीले जनाएको छ । बेहुली लिएर आफ्नो गाउँ फर्किंदै गरेको जन्ती सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । रातिको समयमा जीप चलाउँदा चालक निदाएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतकहरुमध्ये १२ जना एउटै गाउँ चौंसा जिरगापुरका बासिन्दा रहेको उत्तर प्रदेश प्रहरीलाई उदृत गर्दै आजतकले जनाएको छ ।  

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गएराति भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र उद्धार र उपचारमा लाग्न सुरक्षा र स्वास्थ्य अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार