• २०७७ मङ्सिर ११ बिहीबार

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रबार थप १ हजार १०७ जनामा संक्रमण पुष्टि भएसँगै उपत्यकामा संकमितको संख्या १ लाख ८७२ पुगेको छ । शुक्रबार थपिएका संक्रमितहरु काठमाडौं जिल्लाका ८६२ जना, ललितपुरका १७४ जना  र भक्तपुरका  ७१ जना रहेका छन् ।  यस्तै काठमाडौैं उपत्यकामा १२ हजार ६९२ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाका कारण ४८८ जनामा कोरोनाका कारण ज्यान गुमाएका छन् । उपत्यकाका सक्रिय संक्रमित मध्ये काठमाडौंका ९ हजार ६८१ जना, ललितपुरका २ हजार २८८ जना  र भक्तपुरका ७८३ जना रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार