• २०७७ मङ्सिर ८ सोमबार

गैरकानुनीरुपमा बसोबास गरिरहेका ३ जना विदेशी नागरिकलाई निष्कासन गर्ने सरकारको निर्णय

फाइल तस्बीर

सरकारले गैरकानुनीरुपमा लामो समयसम्म नेपालमा बसोबास गरिरहेका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ । कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले  डेन्गेटले बुझाउन पर्ने विलम्ब शुल्क १२ हजार ७३० अमेरिकी डलर र अधिकतम जरिवाना ५० हजार मिनाहा दिने र उनीहरुलाई नेपालबाट निष्‍कासन गर्ने निर्णय गरेको हो । 

यस्तै, गैरकानुनीरुपमा लामो समय नेपालमा बसोबास गरिरहेका यमनका दुईजना नागरिकलाई पनि नेपालबाट निष्कासन गर्ने निर्णय सरकारले गरेको छ । यमनी नागरिक मोहमद इसमेल अहमद ओबादी र नासिम इसमेल अहमद ओबादीले बुझाउन पर्ने  भिसा दस्तुर ३ हजार ६६  अमेरिकी डलर, विलम्ब शुल्क ५११० अमेरिकी डलर र अधिकतम जरिवाना रु एक लाख  मिनाहा दिई उनीहरुलाई नेपालबाट निष्‍कासन गर्ने निर्णय गरेको हो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार