• २०७७ मङ्सिर ११ बिहीबार

फ्रेन्च लिगको शीर्ष स्थानमा रहेको पीएसजी ३-२ ले पराजित

फ्रेन्च लिग वनमा शिर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग ३–२ ले पराजित भएको छ । मोनाकोमा शुक्रबार राति भएको खेलमा केलियन एमबाप्पेको दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजीले मोनाकोसँग हार बेहोर्नुपरेको हो ।

१० खेलाडीमा सीमित रहेको पीएसजीले दुई गोलको अग्रता जोगाउन सकेन । पीएसजीलाई हराउन मोनाकोका केभिन भोलान्डले दुई तथा सेस फाब्रिगासले एक गोल गरे । खेलको २५ औं मिनेटमा नै पाहुना टिम पीएसजीका लागि एम्बाप्पले टिमलाई अग्रता दिलाए ।

त्यसपछि ३७ औं मिनेटमा पीएसजीले पाएको पेनाल्टीको अवसर सदुपयोग गर्‍यो । एम्बाप्पेले नै गोल गर्दै टिमलाई पहिलो हाफमा दुई शुन्यले अगाडी राखे ।

खेलको ५२ औं मिनेटमा होलान्डले गोल गर्दै अन्तर दुई एकमा पुर्‍याए । त्यसपछि ६५ औं मिनेटमा फेरि उनैले फेब्रिगासको पासको सदुपयोगमा खेल दुई दुई गोलको बराबरीमा पुर्‍यायो ।

खेलको ८४ औं मिनेटमा पीएसजीका डियोलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए । उनले डिबक्समा फल गरेपनि मोनाकोले पेनाल्टी पायो ।

जसलाई फाब्रिगास गोल गर्दै मोनाकोलाई तीन दुईको जित दिलाए । जितसँगै मोनाकोले १० खेलमा १७ अंक बनाउँदै छैटौं स्थानमा छ भने पीएसजी अझैपनि शिर्ष स्थानमा कायमै छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार