• २०७७ मङ्सिर ११ बिहीबार

ब्राजिलमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो

ब्राजिलमा पछिल्लो २४ घण्टामा ३८ हजार जनाभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो कुरा त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।
 
यो सँगै ब्राजिलमा कोरोना संक्रमितहरुको संख्या ६० लाखबढी पुगेको बताइएको छ । शनिबारसम्मको तथ्यांकअनुसार यहाँको कोरोना संक्रमितहरुको जम्मा संख्या ६० लाख २० हजार १६४ जना पुगेको बताइएको हो ।
 
उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ५५२ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको बताइएको छ ।
 
शनिबार बिहानसम्म यहाँ यो संक्रमणबाट १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
 
कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल अमेरिकाछिको देस्रो स्थानमा पर्ने देश हो । त्यसैगरी ब्राजिल कोरोना भाइरसका संक्रमित हुनेमा अमेरिका र भारतपछिको तेस्रो देशमा पर्दछ ।
 
पछिल्ला हप्ताहरुमा ब्राजिलमा कोरोना संक्रमितहरुको संख्या दिन प्रतिदिन बढेको पाइएको छ । यहाँका अधिकारीहरुले खासगरी साओ पाओलोमा यसका संक्रमितहरु बढी भेटिएका बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार