• २०७७ मङ्सिर ११ बिहीबार

शनिबार थपिए कोरोनाका १६७४ नयाँ संक्रमित

२ हजार ३२३ जना संक्रमणमुक्त

नेपालमा शनिबार थप १ हजार ६७४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप  १ हजार ६७४  जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा शनिबार  राखिएको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । 

त्यस्तै कोरोनाका कारण गएको २४ घण्टामा थप ७  जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण १ हजार ३०५ जनाको मृत्यु भएको छ ।  

मन्त्रालयका अनुसार  शनिबारथप २ हजार ३२३  जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हालसम्म १ लाख ९३ हजार ३२५ जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या  २४ हजार ९ रहेको छ । हाल क्वारेन्टाइनमा  ७५७ जना छन् भने नेपालमा हालसम्म १६ लाख ५२ हजार ४३ वटा नमुना पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार