• २०७७ मङ्सिर ८ सोमबार

वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि खुल्ला

नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि खुल्ला गरिएको छ । 

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ गरेका हुन् । योसंगै आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालयले जनाएको छ । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा निराजन श्री सदनमा बस्ने गरेका थिए । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द थियो ।

२०७७ वैशाख १ गतेको नयाँ वर्षको दिनदेखि श्री सदन खुला गर्ने योजना भए पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण पछि धकेलिएको थियो । ‘श्री सदन’ अवलोकनका लागि खुल्ला गर्दै मन्त्री भट्टराईले ‘श्री सदन’ सर्वसाधारणको अवलोकनका लागि खोलिनु महत्वपूर्ण घटना भएको बताए । उनले यसबाट तत्कालिन अवस्थाको राजपरिवारको अवस्थालाई बुझ्न मद्धत पुग्ने बताए । नारायणहिटी दरबार संग्रहालय लगाएत अन्य संग्रहालयको बिकासमा सरकार लागेको उनको भनाई छ ।

२०२३ सालमा बनेको ‘श्री सदन’ तीन तले भवनमा १२ वटा कोठा छन् । भुइँतलामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको निजी कार्यालय थियो । सदनको मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरुप दिएको गाडी राखिएको छ । यसैगरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी पनि अवलोकन गर्न पाइने छ । त्यहाँ दीपेन्द्र, श्रुती र निराजनका खेलौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाइने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार