• २०७७ मङ्सिर ११ बिहीबार

रबिन शर्माको “मेरी आमा “ गीतको भिडियो सार्वजनिक 

संसारका मानिसलाई सबै भन्दा प्रेम पूर्वक लिनुपर्ने नाम के हो भनेर कसैले सोध्ने हो भने अपवाद बाहेक सबैले आमा भन्छन् होला । उनै आमाको सम्झनामा परदेशबाट सर्जक रबिन शर्माले गीति कोसेली आमा को भिडियो सार्वजनिक गरेका छन् । 
साहित्यकार शर्माका मुटु चिरिने मर्मस्पर्शी शब्द, सुरज थापाको सुमधुर आवाज र  रामकृष्ण बम मल्लको सङ्गीतमा तयार पारिएको आमा गीतको भिडियो निर्देशन समेत सर्जक शर्माले गरेका छन् । राजन राइ र गोमा उपाध्यायको  अभिनय रहेको भिडियोको छायाङ्कन रोशन कार्की ले गरेका छन् । 
जापानलाई कर्मथलो बनाउँदै आएका  साहित्यकार रबिनको आमा सार्वजनिक भएको  दोस्रो गीत हो । गीत कथा कविता र गजल लेखन तथा वाचनमा लोकप्रिय रविनका सबैजसो सिर्जनामा  आमा र  देशप्रेमललाई चित्रण गरेको पाइन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार