• २०७७ माघ ४ आइतबार

टोखा हत्या प्रकरण : माइती पक्षतर्फ प्रहरी अनुसन्धानको सुई (भिडियो)

शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालामा

काठमाडौंको टोखामा दुई जनाको शव शंकास्पद रुपमा भेटिएपछि प्रहरीले यसको अनुसन्धान थालेको छ । टोखाको ग्राण्डी भिल्ला भित्र ५ नम्बर चोकमा रहेको घर नम्बर २४ डी भित्र शुक्रबार राती बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदिक्षा गिरी मृत अवस्थामा भेटिएका थिए । 

प्रहरी कन्ट्रोलको फोन नम्बरमा विदेशबाट केहि समयदेखी विवाद गरिरहेका दम्पतीले दुईदिनदेखी फोन नउठाएको हुदाँ केहि अप्रिय घटना घटेको हुनसक्ने आशंकासहित प्रहरीलाई खबर गरेका थिए । 
फोनबाट प्राप्त जानकारीका आधारमा प्रहरी शुक्रबार राती घटनास्थलमा पुगेको थियो ।

भित्रबाट बन्द रहेको घरको ढोका ढकढकाउदाँसमेत कुनै प्रतिक्रिया नआएपछि प्रहरीले ढोको फोडेर हेर्दा पुरुषको शव भुईमा लडिरहेको र महिलाको शव झुण्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्काले बताए ।  घटनाको प्राराम्भिक अनुसन्धानले केसीलाई हत्या गरी उनकी पत्नी गिरीले आत्महत्या गरेको हुनसक्ने देखिएपनि यसलाई थप अनुसन्धानको सुई भने सुदिक्षाको माइतीतर्फ सोझिएको खडकाले जानकारी दिए । 

अहिले केसी दम्पतीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।  प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा हत्यापछि आत्महत्या को आशंका गरेकै बेला मृतकका परिवारले भने यसलाई शंकाष्पद भनेका थिए ।  मृतक उमेशका दाजु हिमेशले शवलाई परिवारको जानकारीबिनै प्रहरीले मुचुल्का उठाएर अस्पताल पुऱ्याउनुले घटना थप शंकास्पद भएको दाबी गरे । ‘परिवारलाई खबरै नगरी प्रहरीले शव उठाएर अस्पताल पुऱ्याएको छ । हाम्रो जानकारीबिनै किन शव उठाइयो रु,’ उनले भने, ‘त्यसैले यो घटना हत्यापछि आत्महत्या मात्रै हो भन्नलाई विश्वास गर्न गाह्रो छ ।’

मंगलबार दाजु हिमेशलाई भेटेर फर्केका उमेश त्यसपछि परिवारको सम्पर्कमा नरहेको बुझिएको छ । हिमेशले शनिबार बिहान ३ बजे क्यानडास्थित माइजू गीता कार्कीबाट दुवैको मृत्यु भएको घटना थाहा पाएको र अस्पताल पुग्दाखेरी प्रहरीले मुुचुल्कामा सुदिक्षाले उमेशको हत्यापछि आत्महत्या गरेको घटना उल्लेख भएको बताए । डीएसपी खड्काले परिवारसँग सम्पर्क नभएपछि सुदिक्षाको माइतीतर्फ खबर गरेर शव उठाइएको बताए । सुदिक्षाको माइतीघर घटनास्थलबाट नजिकै छ ।

माइती पक्षले उमेशका आफन्तसँग सम्पर्क नरहेको बताएपछि आफूहरुले मृतकको शव उठाए डीएसपी खड्काले बताए । ‘माइती पक्षले उमेशका परिवारका बारेमा सम्पर्क नभएको बताएपछि हामीले दुवै मृतकको मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव अस्पताल पुऱ्याएका हौं,’ खड्काले भने, ‘घटनाको प्राविधिक पक्ष हेर्दैछौं । पोस्टमार्टमपछि थप कुरा बाहिर आउँछ ।’

मृतक उमेशको टाउकोमा गम्भीर चोट लागेको छ । शरीरका कुटपिटको नीलडाम छ । सुदिक्षाको शरीरमा भने कुनै चोटपटक नलागेको बताइएको छ । धारिलो हतियार प्रहार गरी उमेशको हत्या भएको प्रहरीको आशंका छ । तर सुदिक्षालाई कुनै चोटपटक नलाग्नुले थप आशंका पैदा गरेको छ । सुदिक्षाको शव झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

हिमेशका अनुसार दशैंको फूलपातीमा नेपाल आएका उमेश जनवरी १४ मा अमेरिका जाने तयारीमा थिए । उनले तीन महिनाअघि मात्रै अमेरिकाको ग्रीन कार्डसमेत पाएको हिमेशले बताए । उमेश २०७२ वैशाखमा अध्ययनका लागि अमेरिका गएका थिए । उनकी पत्नी भने नेपालमै बस्दै आएकी थिइन् । उमेशले कमाएको पैसा माइती पक्षले भोगचलन गरेको र पछिल्लो घटना पनि त्यसैसँग जोडिएको हुन सक्ने आशंका हिमेशले गरे । परिवारको यहि दाबीलाई आधार मानेर प्रहरी अनुसन्धानको सुई केटी माईती पक्षतर्फ सोझिएको प्रहरी अनुसन्धानका सक्रिय अधिकृतको भनाई छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार