• २०७७ माघ ४ आइतबार

पूर्ण लिम्बु र मेलिना राईको स्वरमा 'सोल्टिनी' सार्वजनिक (भिडियो)

गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको नयाँ गीत 'सोल्टिनी' को भिडियो सार्वजनिक गरिएको छ। प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीत रहेको गीतमा शिला बहादुर मोक्तानको संगीत संयोजन रहेको छ । समाज सेवी गायकका रुपमा परिचित लिम्बुका यस अघि थुप्रै गीत सार्वजनिक भई सकेका छन् ।

मिलन चाम्सले निर्देशन गरेको भिडियोमा दयाहाङ राई र रेबिका गुरुङ फिचर्ड छन् । सुदिप बरालले छायाँकन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गिरिराज घिमिरेको सह निर्देशन रहेको भिडियोलाइ सन्तोष शाहले सम्पादन तथा जुनीम गहतराजको कलर संयोजन रहेको छ । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार