• २०७७ माघ ३ शनिबार

टोखाको ग्राण्डी भिल्लामा कमजोर सुरक्षा, फेरि भेटिए दुईवटा शव (भिडियो )

काठमाडौंको टोखामा रहेको ग्राण्डी भिल्लाभित्रको घरमा दोस्रोपटक शंकास्पद मृत्यु भएका दुई शव भेटिएका छन् । ग्राण्डी भिल्ला भित्र ५ नम्बर चोकमा रहेको घर नम्बर २४ डी भित्र शुक्रबार राती बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदिक्षा गिरी मृत अवस्थामा भेटिएका छन। यसअघि सोही घर नजिकै निर्देशक आलोक नेम्बाङको शव पनि घरभित्रै मृत अवस्थामा भेटिएको थियो ।

आफ्नै निवासमा झुण्डिएको अवस्थामा नेम्वाङको मृत्यु रहस्यमय देखिएपनि घटनास्थलमा प्रयाप्त सुरक्षा व्यवस्था नहुँदा यसको रहस्य खुल्न सकेको थिएन । यसको ६ वर्षपछि सोही स्थानमा दुईवटा शव भेटिएका छन् । ग्राण्डी भिल्लाको ५ नम्बर चोकमा पर्ने घर नम्बर २४ डीभित्र काठमाण्डौ बानेश्वरका उमेश केसी र उनकी पत्नी सुदिक्षा गिरीको शव भेटिएको हो । 

महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्काका उनीहरुको शव अहिले त्रिवी शिक्षण अस्पतालमा पोष्टमार्टमका लागी रखिएको छ । घटनाको प्राराम्भिक अनुसन्धानले केसीलाई हत्या गरी उनकी पत्नी गिरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरेपनि पारिवारिक स्रोतले भने यो घटनालाई रहस्यमय भनेको छ । तर घटनास्थलमा सिसी क्यामेरा नहुनु र ग्राण्डी भिल्लाभित्र प्रवेश गर्नेहरुको विवरण समेत गेटमा नहुने देखिएकाले घटनाको अनुसन्धान गर्न अप्ठ्यारो परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् । व्यवस्थित आवासका रुपमा चर्चित ग्राण्डी भिल्लामा रहेको सुरक्षाको लागी सिसी क्यामेरा र आवातजावत गर्नेको रेकर्ड समेत नराख्नुले यो स्थानको सुरक्षा अवस्था कमजोर देखिएको उनीहरुको बुझाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार