सूर्य चिन्ह नपाए पनि हामीसँग चुनाव लड्ने आँट छ : महेश बस्नेत (भिडियो)
हिम्मत भए (हँसिया हतौडा) लिएर मैदानमा आउन प्रचण्ड - माधव समूहलाई चुनौती

सबैभन्दा ठुलो दल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा औपचारिक रूपमा विभाजन नभए पनि दुई पार्टीकै रूपमा भिन्न समूहले आआफ्ना गतिविधि अघि बढाएका छन् । संसद् विघटनपछि पार्टीका दुई समूह एउटा निर्वाचनको तयारीमा जुटेको छ भने अर्को आन्दोलनमा होमिएको छ । केपी शर्मा ओली र प्रचण्ड नेपाल समूहले एकले अर्को समूहका नेतालाई कारबाही गर्ने देखी विभिन्न खालका भेला छलफल र अन्तर्क्रिया चलाई रहेका छन् । साबिक एमाले र माओवादीबिचको एकतापछि पुरै निद्रामा रहेका दुवै समूहका नेता अहिले जुरुक्क उठेका छन् । पाटी फुटको सङ्घारमा पुगेपछि एकले अर्कोलाई खुइल्याउने तथा तल्लो तहसम्म आफ्नो प्रभाव जमाउने रणनीतिमा छन् । यही सन्द्र्धभमा प्रधानमन्त्री एव नेकपा अध्यक्ष ओलीसँग असाध्यै नजिक बसेर नेकपामा उत्पन्न पछिल्लो परिस्थितिलाई नियालिरहेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा नेता महेश बस्नेतसँग मुलुकको समसामायीक राजनीति, सर्वोच्च अदालतमा विचाराधीन संसद् विघटनको मुद्दा र निर्वाचन आयोगमा पुगेको पार्टी र चुनाव चिन्हको आधिकारिताका विषयमा टिभी अन्नपूर्णले गरेको कुराकानीको सम्पादित अंश ः
थपक्कै बसेको पहिले पनि होइन तर, हो यति बेला पार्टीमा एक खालको समस्या देखिएको छ । संसद् विघटन भएको र जनताको ताजा जनादेशको लागी निर्वाचनमा जाने सरकारको घोषणापछि म देशभरका हाम्रा साथीहरूलाई यो अवस्थाबारे जानकारी दिने र अहिलेको अवस्था कसरी सिर्जना भयो भन्ने बारे बुझाउन विभिन्न कार्यक्रममा सहभागी भइरहेको छु । भर्खरै पनि केही जिल्लाको कार्यक्रम सकेर काठमाडौँ आईपुग्दासाथ तपाइसँग कुराकानी गर्ने समय मिलेको छ ।
यसमा के बुझ्नुपर्ने छ भने, कानुनी नजरबाट हेर्दा पाटी सग्लै छ । तर, जनताको बिचमा र नेतृत्वमा भने दुईचार स्पष्ट देखिएको छ । तपाईँलाई थाहै छ, पार्टी तत्कालीन नेकपा एमाले र माओवादीको बिचमा एकता गरेर जाने भनेर यो प्रक्रियाको थालनी भएको थियो । एकता प्रक्रिया नसकिदैं अहिले एकता प्रक्रिया बिचैमा टुटेको अवस्था पक्कै हो । अहिले तत्कालीन एमालेका केही साथीहरू अर्को पक्षमा लागेको र तत्कालीन माओवादीका साथीहरू हाम्रो पक्षमा आउनुभएको छ । यो हेर्दा ठ्याक्कै पुरानै अवस्थामा पुगेको पनि होइन तर जारी एकता प्रक्रिया भने सङ्क्रमणकालीन अवस्थामै टुटेको अवस्था भने हो ।
जसको सामान वा सम्पत्ति हो उसले दाबी गरिरहनुपर्ने हुँदैन । संस्थापन नेकपाले हामीलाई पार्टीको आधिकारिता चाहियो वा सूर्य चिन्ह चाहियो भनेर दाबी गरिरहनुपदैन । जहाँसम्म प्रचण्ड नेपाल समूहले दाबी गर्न खोज्नु स्वभाविक हो । तर, उहाँहरूलाई नेकपा पार्टी र सूर्य चिन्ह दाबी गर्ने कुनै पनि विधि र प्रक्रियालाई दिँदैन । बरु प्रचण्ड नेपाल समूहलाई मेरो सुझाव साबिक माओवादी र हँसिया हतौडा चुनाव चिन्ह रोजेर अघि बढ्नु विधि प्रक्रिया नैतिकताका हिसाबले राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।
नेकपाको आदिकारितामाथि त ऋषि कट्टेलले पनि दाबी गरिरहेको अवस्था हो । निर्वाचन आयोगले कुनै पनि कमिटी महाधिवेशनबाट चुनिएर पनि नआएको । विधानमा पनि साबिक एमाले र माओवादीको प्रतिनिधित्वको हिसाबले अध्यक्षद्धयको सहमति र निर्णयमा अघि बढ्ने भनेर नै नेपाल कम्युनिस्ट पार्टी नेकपा अघि बढेको हो । मैले माथीपनि भने यो एकता प्रक्रियाकै क्रममा अप्ठ्यारोमा परेको छ । अब अध्यक्षद्धय दुईतर्फ लागेपछि पहिलो अध्यक्ष नै शक्तिशाली हुन्छ । तत्कालीन नेकपा एमालेका महाधिवेशनबाट चुनिएर आएका र पछिल्लो एकताको पहिलो बरीयताका अध्यक्ष केपी ओलीले गरेका निर्णय नै अहिले आधिकारिक हुन्छन् । यसबाहेक पूर्व एमालेको बहुमत यतै भएकाले पनि पार्टीको विधानकै आधारमा निर्णय गरे पनि आयोगले नेकपा पार्टी र सूर्य चुनाव चिन्ह अध्यक्ष कमरेड केपी ओलीकै समूहलाई दिनेमा ढुक्क छु ।
यो विषयमा अलिकति यसको पृष्ठभूमिबारे पनि चर्चा गर्नुपर्ने हुन्छ । कम्युनिस्ट आन्दोलनका दुई धारलाई एक बनाउने अभियानमा केपी ओली लाग्नुभयो । सोहीअनुसार कमरेड केपी ओलीको नेतृत्वमा पार्टी एकता गरेर अघि बढ्ने गरि चुनावमा गएका थियौँ । उहाँलाई जनताले विश्वास गरे र स्पष्ट बहुमत पनि दिए । तर यही बिचमा प्रचण्डले विभिन्न षडयन्त्रका तानाबाना बुन्न थाल्नुभयो । र, समीकरण बदलेर मधेसी दल र काँग्रेससँग मिलेर ५ वर्ष प्रधानमन्त्री बन्ने सोच राख्नुभयो । यही आडमा केपी ओलीलाई दबाब सिर्जना गरेर आधा आधा कार्यकालको सहमतिमा हस्ताक्षर गर्न बाध्य पार्नुभयो । केपीले यसबिचमै लोकप्रिय काम गर्न थालेपछि उहाँका बिरुद्ध विभिन्न खाले षडयन्त्र गर्ने र सरकारलाई असफल गराउने कार्यको थालनी मात्रै भएन ६४ प्रतिशत मतसहित बनेको कमरेड केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढाल्ने योजनासहित चोर बाटोबाट अविश्वासको प्रस्ताव ल्याउने र आफु प्रधानमन्त्री बन्ने खेल सुरु भयो । यसले, यो अवस्था आएको हो । यसअघि २०५२ सालमा देखिएको विकृति र विसङ्गति हटाउन तथा देश र राजनीति गलत मान्छेको हातमा सुम्पनुभन्दा ताजा जनादेश मा जाने ऐतिहासिक निर्णय लिनु उत्तम ठानेर प्रधानमन्त्रीज्यूले संसद् विघटनको निर्णय लिनुभएको हो । हामीले यसलाई स्वभाविक रूपमा लिएका छौ । यसलाई आकाशै खसेझैँ गर्नुपर्ने अवस्था छैन ।
अस्ति काँग्रेसको एक जना शीर्ष नेतासँग कुरा भएको थियो । उहाँले मलाई हामी आन्दोलनको नाम पारेर निर्वाचनको तयारीमा लागिपरेका छौ भन्नुभएको छ । तर काँग्रेसभित्रका रामचन्द्र पौडेल गगन थापाहरूको अहिलेको विश्लेषण भनेको महाधिवेशनअघि निर्वाचनमा जाँदा फेरि पनि शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने र आफूहरू छायामै पर्ने डरले महाधिवेशनपछि निर्वाचन होस भन्ने चाहान्छन । अर्को जनता समाजवादी पार्टीको यति बेलाको विश्लेषण भनेको प्रदेश २ सरकार र त्यहाँका स्थानीय तहले राम्रोसँग काम गर्न नसकेपछि सारै अलोकप्रिय बनेकाले फेरि चुनाव जितेर आउन सक्ने अवस्था छैन । यस कारण उनीहरू तत्काल चुनावमा जान सक्ने अवस्था छैन । यस कारण निर्वाचनबाट भाग्नका लागी पनि उनीहरूले संसद् विघटनलाई अवैधानिक भनेका हुन । हामीसँगबाट असन्तुष्ट भएर छुटेका साथीहरूले त चुनावमा जाने कुरा ठिक भन्ने कुरै भएन । तर, सतहमा विरोध गरे पनि आन्तरिक रूपमा सबै पार्टी र दलहरू निर्वाचनको तयारीमा लागी सकेका छन् ।
हो , केपी ओलीले अस्थिरता आउन सक्छ अहिले प्रचण्डले जुन दुई वर्ष नपुग्दै ६४ प्रतिशत मतसहित बनेको सरकारले ढाल्ने षडयन्त्र गर्नुभयो । त्यो पनि आफ्नो संसदीय दलमा होइन सिधै सदनमा यस्तो अवस्थामा यो संसद् विघटन स्वभाविक थियो जनताले यसलाई बुझेका छन् । कसको कारण यस्तो अवस्था सिर्जना भयो भन्ने बुझेका छन् । यस्तो अवस्थामा सबैभन्दा ठुलो जनता हुन भनेर जनतामा जाने कुरालाई अविश्वास गर्ने भन्ने कुरै आउँदैन ।
यो दिवास्वप्नामात्रै हो । यदि संसद् पुनस्थापना भयो भने पनि लाग्छ तपाईँलाई त्यसपछिको राजनीति प्रचण्ड र माधव नेपालको हातमा मात्रै जाने हो र ? यदि यस्तो आइलाग्यो भने यसको अन्य विकल्पबारे पनि छलफल होला नि । जुन फोहोरी खेलको सङ्केत त अहिले प्रदेशमा देखिन थालिसकेको छ । तपाईँलाई फेरि स्पष्ट पार्न चाहन्छु की संसद् पुनर्स्थापनापछि पनि जति प्रचण्ड माधव समूहलाई अवसर हुनेछ त्यो त स्वभाविक रूपमा नयाँ सत्ता समीकरणको सम्भावना केपी ओलीको पक्षमा पनि हुनेछ भन्ने भुलेर केपी ओली पत्ता साफ हुन्छन् भन्ने कुरामा कुनै दम देख्दिन ।
वामदेव कमरेड त्यो पहलकदमीमा लाग्नुभएको छ । माधव प्रचण्ड पनि ग्राउन्डको आङ्कलनपछि हच्किएर पार्टी एकता गरेरै जाने तयारीमा हुनुहुन्छ भन्ने पनि सुन्नमा आएको छ । तर , मलाई लाग्दैन अब त्यो सम्भव छ । एक पटक निर्वाचन फेस गरेपछि जनताले सबैको साइज देखाइदिएर विगतको समीक्षा गरेर केही वर्षपछि हुन सक्ने कुरा रहन सक्छ तर तत्काल फेरि एक भएर जाने सम्भावना मैले देख्दिन । अहिले अब चुनाव घोषणा भइसकेको अवस्था छ । हामी साबिक एमालेको बहुमत भएको समूह सूर्य चिन्ह लिएर जनताका बिचमा जानेछौ । उता साबिक माओवादी समूहको बहुमत भएको समूह हँसिया हतौडा लिएर जानुहुन्छ अनि जनताले अहिलेको अवस्थालाई मुल्यकंन गरेर साइजमा ल्याईदिनेछन ।
पहिलो कुरा त केपी शर्मा नेतृत्वको पार्टीले सूर्य चिन्ह पाउने कुरामा कुनै शङ्कै छैन । यदि सूर्य चिन्ह दिएन भने पनि हामी जुनसुकै चिन्ह लिएर जनताका बिचमा जान तयार छौं ।
प्रतिकृया दिनुहोस