• २०७७ माघ ३ शनिबार

करिब २ लाख नेपालीको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत

गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा 'कोभिड १९' को विश्वव्यापी प्रभावपछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैरआवासीय नेपाली संघ सकृय रुपमा लागेको छ ।   

विदेशका विभिन्न देशमा ९ हजार ६ सय ५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पिसीआर टेष्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ ।  

संघले साउदी, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ ।  

विभिन्न दातृ संस्थाहरुद्धारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएका, लगायतलाई आर्थिक सहयोग गरिएको संघले जनाएको छ ।  

हालसम्म गैरआवासीय नेपाली संघले ८ सय ६२ जनालाई काठमाण्डौबाट गन्तव्यसम्म पुग्न निस्शुल्क बस भाडास्वरुप आर्थिक सहयोग समेत गरेको छ । संघले देशका सातै प्रदेशमा १४ लाख रुपैया बराबारको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार