• २०७७ माघ ३ शनिबार

अनुष्का र विराटलाई पुत्रीलाभ

बलिउड नायिका अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पुत्री लाभ भएको छ । विराटले सोमबार सामाजिक संजालबाट आफूहरुलाई पुत्री लाभ भएको र अनुष्का र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गरेका छन् । विराट श्रीमती गर्भवती भएकै कारण अष्ट्रेलिया विरुद्धको सिरिजबाट विचमा स्वदेश फर्किएका थिए ।

उनले बीसीसीआईसँग मागेको विदाईलाई बोर्डले स्विकार पनि गरेको छ । कोहलीले ट्विटरमा छोरीको बुवा भएको पोष्ट गरेपछि उनहरुलाई बधाई दिनेको ओइरो लागेको छ । उनीहरुबिच सन् २०१७ मा बिहे भएको थियो । अनुष्काले लकडाउनको समयमा आफू आमा बन्ने तयारीमा रहेको खुलाएकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार