• २०७७ माघ ३ शनिबार

केपी ओली कमरेडबाट तानाशाह बने : अष्टलक्ष्मी शाक्य

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह की स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले अब कमरेड नरहेको बताइन् । प्रचण्ड माधव समूहले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओली कमरेडबाट तानाशाह बनेको टिप्पणी गरेकी हुन् ।

प्रधानमन्त्री ओलीलाई अब कुनै हालतमा कमरेड नभन्ने उनले बताइन् । 'उहाँलाई अब कमरेड भन्दैनौँ । केपी ओली कमरेड होइनन्, तानाशाही र निरङ्कुश हुन्', उनले भनिन्, 'ओलीले कम्युनिष्ट आन्दोलन र बलिदानको समेत चिरहरण गरे ।' 

उनले प्रतिनिधि सभा विघटन विरुद्ध काठमाडौं तातिसकेको बताइन् । ‘काठमाडौं कि तात्दै तात्दैन,तातेपछि सेलाउँदैन । अब काठमाडौं तातिसकेको छ।’ उनले भनिन् । शाक्यले अगाडी भनिन्,  'तानाशाही ओली विरुद्धको आन्दोलनको टुंगोमा पुग्न धेरै समन लाग्दैन । उहाँले कुर्सी छाड्नै पर्छ । भ्रम फैलाउन ओली पक्ष देशभर लागिरहेको छ, काठमाडौंले नै निर्णायक आन्दोलनमा सरिक हुनुपर्छ ।' 

कम्युनिष्ट आन्दोलन कमजोर बनाउन प्रधानमन्त्री ओलीले लागी परेको आरोप लगाउँदै उनले भनिन् 'ओलीसँग कम्युनिष्ट सोच छैन। उहाँलाई सच्याउन धेरै प्रयास र आशा गरेका थियौँ',  उनले भनिन्, 'अब हामीले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाएर देश विकासको पक्षमा लाग्छौँ।' 

प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा एक सय जना केन्द्रीय सदस्य समेत नपुगेपछि लाजले केन्द्रीय कमिटी विस्तार गरेको पनि उनको भनाई छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार