• २०७७ माघ ३ शनिबार

पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन ओलीलाई प्रचण्डको चुनौती (भिडियो)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई काम गर्न नदिएको एउटा प्रमाण दिन चुनौती दिएका छन् । बुधबार प्रचण्ड–माधव समूह काठमाडौं जिल्ला कमिटीले गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई यस्तो चुनौती दिएका हुन् ।

प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गर्‍यो, काम गर्न दिएन भनेर दाबी गरेको भन्दै उनले भने, ‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’ बरु पार्टीले यसो गरौं भन्दा त्यसविपरीत चलेको उनको आरोप छ । देश कोरोना महामारीमा रहेका बेला सबैलाई समेटेर संयन्त्र बनाउ भन्दा आफूलाई व्यंग्य गर्दै हिँडेको उनले स्मरण गरे । प्रचण्डले अघि भने, ‘पार्टीका नेताहरुको विश्वास लिन किन सकिँन भनेर केपी ओलीले हेर्नु पर्दैन ?

प्रतिनिधिसभा विघटनविरुद्ध सुरु भएको आन्दोलनले आँधी हुरी ल्याउने बताउँदै प्रचण्डले ओलीको नौटंकी र राजनीतिक जोकरका पछाडि कोही नलाग्ने बताए । ‘अब केपी ओलीको नौटंकी र राजनीतिक जोकरपनको पछाडि कोही लाग्ने छैन’, प्रचण्डले भने ।

आफूहरुलाई भगौडा भनेको प्रति आपत्ति जनाउँदै प्रचण्डले ओलीमाथि प्रश्न गरेका छन् । ‘हामीलाई भगौडा भन्नु भएछ, ७२ प्रतिशत केन्द्रीय समिति भगौडा अनि ३० प्रतिशतसमेत नभएको चाहिँ रैथाने ?’, प्रचण्डले प्रश्न गर्दै भने ।

पार्टी बैठक गारौँ भनेर लाइन लागेर जाँदा बैठक नगर्ने ओली आफै भगौडा भएको उनको भनाइ छ । ‘बैठक गरौँ भनेर लाइन लागेर जाँदा बैठकबाट भाग्ने उहाँचाहिँ भगौडा नहुने, हामी चाहिँ भगौडा हुने ?’,  प्रचण्डले थप प्रश्न गर्दै भने, ‘पार्टीलाई लात हानेर भाग्नेचाहिँ भगौडा नहुने हामी चाहिँ भगौडा रु मानिसमा अलिअलि लाज पनि हुनुपर्ने नि !’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार