• २०७७ माघ ४ आइतबार

बुधबार थप ४ सय ४५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

नेपालमा बुधबार थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार १५४ वटा पीसीआर परिक्षणका क्रममा ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको विवरण अनुसार यससँगै नेपालमा कोरोना संक्रमितहरुको कूल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा मृत्यु भएका ५ जनासहित नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ । त्यस्तै बुधबार थप ४१४ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म २ लाख ५९ हजार ७७२ जनाले कोरोनालाई जितेका छन् । मुलुकभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ४३४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म १९ लाख ९७ हजार ९ जनाको पीसीआर माध्यमबाट कोरोना परिक्षण गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार