• २०७७ माघ ५ सोमबार

आधिकारिकता दाबी गर्दै ओली समूहले निर्वाचन आयोगमा बुझायो लिखित पत्र

महासचिव विना बसेको अर्को समूहको बैठक आधिकारीक नभएको दाबी

नेकपा ओली समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा लिखित पत्र बुझाएको छ । बुधबार आयोगले पार्टीको आधिकारिकता बारेमा मागेको पत्रको लिखित जवाफ बुझाउँदै ओली समूहले पार्टीका अध्यक्ष र महासचिव बिना बैठक नै बस्न नसक्ने प्रावधान पार्टीको अन्तरिम विधानमा रहेको भन्दै आधिकारिकता दाबी गरेको हो ।

नेकपाको अन्तरिम विधानले महासचिव विना बैठक बस्नसमेत नसक्ने परिकल्पना गरेको र महासचिव विना बसेको अर्को समूहको बैठक आधिकारीक नहुने जानकारी गराएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

ओली समूहले आफूसँग राजनीतिक रूपमा विभाजित भएर गएको पुष्पकमल दाहाल प्रचण्ड समूहले वैधानिकता नपाउने दाबी गरेको छ । निर्वाचनको तयारीमा सबै जसो राजनीतिक दलहरू लागिसकेको अवस्थामा ढुक्क भएर निर्वाचनको तयारी गर्न अनुरोध गरेको नेम्वाङले बताए । उनले आयोगका केही जिज्ञासाहरूका विषयमा लिखित रूपमा जानकारी गराएको बताएका छन् ।

सो समूहका नेम्वाङसहित गृह मन्त्री रामबहादुर थापा, अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायत निर्वाचन आयोग पुगेका थिए । केही दिनअघि आयोगले नेकपाका दुवै पक्षलाई  प्रक्रियाका विषयमा स्पष्ट पार्न भनेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार