• २०७७ माघ ५ सोमबार

जगदम्बा मोटर्सद्वारा 'प्रोटोन साँगा' भर्चुअल लाइभमार्फत सार्वजनिक

जगदम्बा मोटर्सले चर्चित मलेशियाली अटोमोबाइल ब्राण्ड प्रोटोनको 'प्रोटोन साँगा' गाडी भर्चुअल लाइभमार्फत बुधवार सार्वजनिक गरेको छ । प्रोटोन नेपालको आधिकारिक फेसबुक र युट्युबपेज, केहिओनलाइन पोर्टल्सलगायत अन्यविभिन्न सामाजिक संजालका चर्चित पेजहरुमार्फत समापन गरिएको उक्तभर्चुअल लाइभ लञ्च कार्यक्रममा मानिसहरुको उत्साहजनक सहभागिता देखिएको थियो । यससँगै जगदम्बा मोटर्सले नेपाली ४ चक्के अटोमोबाइल प्रेमीमाझ एउटा नयाँ फरक र सुविधा सम्पन्न विकल्प प्रस्तुत गरेको छ ।

समारोहको उद्घाटन गर्ने क्रममा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले भने, 'टिभिएस्का विभिन्न श्रेणीका दुइ चक्के र ३ चक्के गाडीमार्फत नेपाली अटोमोबाइल प्रेमीको एकदमै नजिक भैसकेको जगदम्बामोटर्सकै माध्यमबाट बिश्वविख्यात मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको प्रोटोन साँगाू भित्र्याउँदै नेपाली ४ चक्के अटोमोबाइल प्रेमीमाझ एक नया कोशेली प्रस्तुत गर्न लागिरहेका छौँ । नयाँ तथा लेटेस्ट मलेसियन प्रविधिमार्फत उत्पादित, सर्वोत्कृष्ट फिचर्सर मज्जाको ड्राइभिङ्ग कम्फर्टको सुविधा भएको प्रोटोन साँगाले अवस्य पनि नेपाली ४ चक्के अटोमोबाइल प्रेमीको बढ्दो चाहनाको पूर्तिगर्न सफल रहनेछ भन्नेमा हामी हार्दिक आशावादी छौ ।'

 यसैगरी गाडी सार्वजनिक गर्ने क्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले भने, 'मलेशियाली चर्चित अटोमोबाइल कम्पनी प्रोटोन, निकै छोटो समयमानै संसारभर आफ्नो प्रभाव छोड्न सफल भएको छ र यस कम्पनीको 'प्रोटोन साँगा' गाडी भित्र्याउँदै नेपाली ४ चक्के सवारी साधन अनुयायी माझ एउटा नयाँ अन्तराष्ट्रिय विकल्पको प्रस्तुति गर्न लागेकोमा हामी अत्यन्तै उत्साहित छौँ । प्रोटोन बारे निकै आशावादी देखिएका अग्रवालले थप भने, 'हाम्रो यो नयाँ सुरुवात रहेतापनि हाम्रा उपभोक्ताहरुले टिभिएसलाई दिएको झैँ साथ दिनुहुनेछ र प्रोटोनलाई पनि नेपालमा सफलताको सिढी चढाउँदै जगदम्बा मोटर्सलाई सफलताको एउटा नयाँ मुकाममा पुर्याउनु हुनेछ भन्ने हामीले पूर्णरुपमा आशा र विश्वास लिएका छौँ ।'

प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ जसले १९८५ मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४।४ मिलियन प्रयोगकर्ता रहेका छन् । प्रोटोन साँगाको बारे कुरा गर्न पर्दा यो उत्कृष्ट फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादामात्रामा रुचाइएको सेडान रहेको छ । यसका एक्स्टिरियर देखि लिएर इन्टेरियरसम्म सबैको ध्यानाकर्षण गर्न योग्य रहेका छन ।

यसमा समाहित १.३ लिटरको भिभिटि इन्जिन १२९९ सिसिको रहेको छ जसको पावर क्षमता अरुसँग अतुलनिय छ । यसैगरी मनोरञ्जन विधाका लागि यसमा नयाँ स्मार्ट्फोन कनेक्टिभिटी जस्तो विशेष सुविधा जडान गरिएको छ, जसले ड्राइभिङ्गका क्रममा ड्राइभरलाई मनोरञ्जन प्रदान गरिरहन्छ । यसमा रहेको ४२० लिटर क्षमताको ट्रंक रिलिज कतै यात्रा गर्दा आफुले चाहेजति सामान अथवा लगेजहरु अटाउनका लागि काफी छ भने इन्टेरियर एन् ९५ फिल्टरले दुषित हावाबाट यात्रु र गाडीलाई जोगाइ राख्दछ । यसैगरी अगाडि बस्ने चालक र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यसमा एस्आरएस् एयर ब्याग्सको समेत सुविधा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार