• २०७७ माघ ५ सोमबार

ज्यान मार्ने उद्योगमा बागलुङको ढोरपाटन नगरपालिकाका वडाध्यक्ष पक्राउ

बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पुनलाई आज अपराह्न ३ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।
 
विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । विसं २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताए । त्यो घटनामा वडाध्यक्ष प्रत्यक्ष संलग्नता रहेको भन्दै राष्ट्रिय जनमोर्चाले पुनलाई कारबाही समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार