• २०७६ कार्तिक १ शुक्रबार

चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ हलमा नलागी सिधै युट्युबमा

चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ हलमा नै नलागी सिधै युट्युबमा रिलिज भएको छ । नन्दिता केसीले लामो समयको ग्यापपछि अभिनय गरेको फिल्म  फिल्म वितरकसँग कुरा मिल्न नसक्दा सिधै युट्युबमा रिलिज भएको हो । 
ईश्वर थापाले निर्देशन गरेको यो फिल्म अमेरिका र क्यानडामा बस्ने नेपालीहरुमाझ पहिले नै रिलिज भइसकेको छ । बाहिर रिलिज गर्दा नै फिल्मले झण्डै ८० प्रतिशत लगानी उठाइसकेको बताइएको छ ।

बाबु बोगटी, नन्दिता केसी, एहशान ढकाल, स्मृति पोखरेल लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मलाई राजेश गुरुङ, मञ्जु राना, सञ्झना उप्रेती लगायतले निर्माण गरेका हुन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार