• २०७६ असार ५ बिहीबार

युएईमा ट्याक्सी दुर्घटना, दुई नेपालीको मृत्यु 

संयुक्त अरब ईमिरेट्सको राजधानी अबुधाबिमा ट्याक्सी दुर्घटनामा परी २ जना नेपालीको मृत्यु भएको छ । उक्त दुर्घटनामा  ट्याक्सी भित्रै रहेका २ नेपाली घाइते भएका छन् ।

आइतबार राति करिब १२ बजे भएको दुर्घटनामा नवलपरासी कावासोती रामनगरका निरोज परियार र  शान्ति बिक रहेका छन् । मृतक शान्ति र घाइते अन्य २ जनाको ठेगाना खुल्न सकेको छैन । घाईतेहरु अबुधाबिस्थीत खालिफा अस्पतालमा उपचार भइरहेको छ ।

मृतक र घाइते चढेको ट्याक्सीलाई पछाडिबाट अर्को कारले ठक्कर दिदाँ दुर्घटना भएको युएई प्रहरीले जानकारी दिएको छ ।

रोजगारीका लागि युएई पुगेका नेपाली कामदार सडक दुर्घनमा  प्रत्येक वर्ष ज्यान गुमाई रहेको पाइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार