• २०७६ असार ५ बिहीबार

आठौं राष्ट्रिय खेलकुद आज सुरु हुँदै

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सुरु हुँदैछ । आगामी बैशाख ५ गते औपचारिक उद्घाटन हुने प्रतियोगिताका खेलहरु भने आजैबाट हुन लागेका हुन् । पहिलो दिन आज विभिन्न ५ खेलका स्पर्धा हुनेछन् । आज टेबल टेनिस, कुस्ती, पुरुष हक्की, महिला पुरुष स्क्वास र लन टेनिसका स्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ । 

दाङको घोरोहीस्थित कभर्ड हलमा सञ्चालन हुने टेबल टेनिस चैत ३० गते सकिनेछ । कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा आजबाट सुरु हुने कुस्ती प्रतियोगिता भने ३ दिनमै सकनेछ ।  पुरुष हक्की बैशाख ४ गतेसम्म चल्नेछ । पुरुष हक्कीका सम्पूर्ण खेल बाँकेको नेपालगञ्जस्थित मंगल प्रसाद उच्च माविमा हुने राखेपले जनाएको छ । बैशाख ३ गतेसम्म चल्ने महिला पुरुष स्क्वासका खेलहरु भने ललितपुरमा आज सुरु हुनेछन् । स्क्वासको प्रतिस्पर्धा बैशाख २ गते सकिनेछ । २ गतेसम्म चल्ने लन टेनिसका खेलहरु रुपन्देहीको बुटबलमा सञ्चालन हुनेछन् । 

बैशाख ११ गतेसम्म चल्ने आठौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा ३५ खेलका विभिन्न स्पर्धामा ३ सय ७२ स्वर्ण, त्यत्तिनै रजत र ५ सय ६३ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन अघि विभिन्न १४ खेलका स्पर्धा सकिने राखेपले जनाएको छ । आठौं राष्ट्रिय खेलकुदमा ५ हजार २ सय ११ खेलाडीले सहभागीता जनाउने छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार