• २०७६ बैशाख ७ शनिबार

पुलिस, सुदूरपश्चिम प्रदेश, नेपाल आर्मी र एपीएफको विजयी सुरुवात

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाङको घोराहीमा आजदेखि पुरुष बास्टकेट बल प्रतियोगिता शुरु भएको छ । घोराही उपमहानगरपालिका १८ नवलपुरस्थित सालघारी बास्केट बल मैदानमा खेल भइरहेको छ ।  प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस, सुदूरपश्चिम प्रदेश, नेपाल आर्मी र एपीएफ क्लबले विजयी यात्रा सुरु गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेशलाई २९ का विरुद्ध ९३ स्कोरको भारी अन्तरले पराजीत गर्दै नेपाल पुलिस क्लबले विजयी यात्रा सुरु गरेको हो । यसैगरी प्रदेश २ लाई २१ का विरुद्ध ६५ स्कोर गर्दै सुदूरपश्चिम प्रदेशले विजयी यात्रा सुरुवात गरेको छ ।  त्यस्तै गण्डकी प्रदेशलाई ३७ का विरुद्ध ७८ स्कोर अन्तरले पराजीत गर्दै नेपाल आर्मी र प्रदेश ५ लाई ३७ का विरुद्ध ७४ स्कोर गर्दै एपीएफले विजयी सुरुवात गरे । शुक्रबार हुने लिग खेलमा प्रदेश ५ र ३, प्रदेश ४ र १, एपीएफ क्लब र प्रदेश ६ तथा नेपाल आर्मी र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फको खेल भने शनिबारदेखि सुरु हुनेछ । 

बैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीय नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्रको एपीएफ गरी दश वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ८ टिमका खेलाडी तथा प्रशिक्षक गरी २ सय ४० वढी खेलाडी दाङ आएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार