• २०७६ बैशाख ७ शनिबार

प्रत्येक नेपालीको ऋण दायित्व बढेर ३१ हजार नाघ्यो

पछिल्लो आंकलन अनुसार प्रत्येक नेपालीको काँधमा ३१ हजार सात सय ५० रुपैयाँ सरकारी ऋण दायित्व देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। कार्यालयले शुक्रवार राष्ट्रपतिलाई बुझाएको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरेको हो।

वार्षिक प्रतिवेदनका अनुसार गएको आर्थिक वर्षमा नेपाल सरकारको ऋण दायित्व गत वर्षको तुलनामा एक तिहाइले बढेको छ। नेपाल सरकारको कूल ऋण दायित्व नौ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। आन्तरिक ऋण तीन खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ र वैदेशिक ऋण पाँच खर्ब २४ अर्ब १५ करोड रुपैयाँ रहेको जनाइएको छ।

उक्त ऋण दायित्वलाई दुई करोड ८८ लाख २९ हजार नेपालीलाई भाग लगाउँदा प्रतिव्यक्ति ३१ हजार सात सय ५० रुपैयाँ हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष २०७३/७४ को तुलनामा प्रतिव्यक्ति ऋण सात हजार ४३ रुपैयाँले बढेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार