• २०७६ बैशाख ७ शनिबार

अपडेट : लुक्ला विमान दुर्घटना थप एकको मृत्यु (भिडियोसहित )

लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । कोपाइलट र एक प्रहरीको घटनास्थलमै  मृत्यु भएको हो भने अर्का एकजना घाईतेको उपचारको लागी ल्याउदैं गर्दा हेलिक्प्टरमा मृत्यु भएको छ ।त्रिभुवनविमानस्थलका प्रवता प्रतापबाबु तिवारीका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु घटनास्थलमा भएकोहो थियो भने   प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको हो दुर्घटनामा पाइलटसहित अन्य तीनजना घाइते छन् । 

विमानको ठक्करबाट मनाङ एयर र श्री एयरको  हेलिकोप्टरमा क्षति पुगेको छ ।

आइतबार बिहान लुक्ला विमानस्थलमा समिट एयर नाइन एन–ए एम एच कलसाइन को  जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो।जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन्।

जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्री एयरका हेलिकप्टरसित ठोक्किएको समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए। 

 समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन र अर्का असई रुद्रबहादुर श्रेष्ठ घाइते छन् । घाइतेहरुलाई ग्राण्डी अस्पताल ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ । ।  उनिहरको अहिले ग्राण्डी अस्पतालमा उपचार भईरहेको छ । 

दुर्घटनालगत्तै हवाई जहाज र हेलिकोप्टर पल्टिएका थिए । त्यसपछि लागेको आगो सुरक्षाकर्मीहरुले निभाएको प्रत्यक्षदर्शीले जानकारी बताए । मृतकको शव साढे ११ बजे काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार