• २०७६ असार ११ बुधबार

व्यक्तिगत कर विवरण सार्वजनिक गर्न ट्रम्पलाई दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि व्यक्तिगत कर विवरण सार्वजनिक गर्न दबाब बढेको छ ।

यसअघि अप्रिल १० को समयसीमामा कर विवरण सार्वजनिक गर्नुपर्ने समय राष्ट्रपति ट्रम्पले गुजारेका कारण अप्रिल २३ को नयाँ मिति तोकिएको आन्तरिक राजस्व विभाग प्रमुख रिचर्ड निलले बताए । यद्यपि, ट्रम्पका एक अधिवक्ताले कर विवरण सार्वजनिक गर्न दबाव दिईनुलाई दूर्व्यवहारका रुपमा व्याख्या गरेका छन् । सन् १९९६ देखि हरेक राष्ट्रपतिले आफ्नो कर विवरण सार्वजनिक गर्दै आएकाले यो आवश्यक र कानूनी दुवै रुपमा सहि भएको डेमोक्रेटहरुको भनाई छ । यद्यपि यो बाध्यकारी छैन । राष्ट्रपति ट्रम्पले कर विवरण आन्तरिक राजस्वद्धारा लेखा परीक्षण भईसकेकाले सार्वजनिक गर्ने जरुरी नभएको बताएका छन् ।

तर, कर विवरण सार्वजनिक नगर्दा राष्ट्रपतिको नैतिकता र विश्वसनियतामा भने प्रश्न उब्जन सक्नेछ । गतवर्षको मध्यावधिक निर्वाचनमा तल्लो सदनमा उल्लेख्य सिट जितेको विपक्षी डेमोक्रेटले ट्रम्प, प्रशासन र उसको आर्थिक मामिलाको नियमन गर्ने अधिकार पाएको थियो । सोही संसदीय समितिले राष्ट्रपतिको कर विवरण सार्वजनिक गर्न माग गरेको हो ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार