• २०७६ असार ५ बिहीबार

आफैंले पालेको दुर्लभ चराको आक्रमणमा परी ७५ वर्षे हाजोसको मृत्यु

दुबै खुट्टामा लामा पंजा भएका क्यासोवारी नामको एउटा ठूलो चराको आक्रमणमा परी चराका मालिकको फ्लोरिडास्थित घरमा मृत्यु भएको सिएनएनले बताएको छ ।

चराका मालिक ७५ वर्षे मार्भिन हाजोसले शुक्रबार स्थानीय समयानुसार बिहान १० बजे ९११ मा आफैंले फोन गरेको स्रोतले बताएको छ । दोस्रो फोन घटनास्थलमा रहेका अर्का व्यक्तिले गरेको बताइएको छ । उनले चराको आक्रमणमा परी एक व्यक्ति घाइते भएकाले शीघ्र सहयोगको माग गरेको अलाचुवा काउन्टी सेरिफ अफिसका लेफ्टीनेन्ट जोसुवा क्रुले बताए ।

हाजोसलाई तत्काल अस्पताल पुर्याएको जहाँ उनको मृत्यु भएको लेफ्टीनेन्टले बताए ।

‘हाजोसले दुर्लभ चराको प्रजनन गराउँथे,’ अलाचुवा काउन्टी डेप्युटी फायर चिफ जेफ टेलरले भने ।

‘उनको मृत्यु एक दुर्घटना थियो,’ अधिकारीले भने । ‘घटना हेर्दा यस्तो लाग्छ कि ती व्यक्ति खसे र क्यासोवारीले आफ्नो अगाडि अचानक मानिस देखेपछि हमला गरेको जस्तो देखिन्छ,’ टेलरले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार