• २०७६ जेठ ८ बुधबार

चीनविरुद्ध यसरी बढ्दै छ पश्चिमाहरुको चलखेल

नेपालमा तिब्बतीयनलाई उचालेर चीनविरुद्धको अभियानमा लागेका अमेरिकीहरु केही समय सुस्ताएका थिए । अर्थात् उनीहरुले खासगरी सन् २००८ पछि त्यस्ता गतिविधिलाई उग्ररुपमा प्रस्तुत गरेका थिएनन् । आफ्ना एजेन्सीलाई प्रयोग गरेका थिएनन् । तर, पछिल्ला दिनहरु त्यस्ता नरहेको स्रोत  बताउछ । अर्थात् सन् २००८ को वेइजिङ ओलम्पिकको समयमा एक महिनाभन्दा बढी नेपालका सडकमा स्वतन्त्र तिब्बतको नारा लगाएर आन्दोलन भयो । त्यति मात्रै होइन एकजना फ्री तिब्बत पक्षधरले बौद्धमा आत्मदाह समेत गरे । यो घटनाले चीनलाई चिढ्याउने स्वभाविक थियो । 

 त्यतिबेलाको नेपालको राजनीति, सुरक्षा संवेदनशीलता र संक्रमणको फाइदा लिएर अमेरिकीसहित पश्चिमाहरुले त्यो गतिविधिमा बढवा दिएको आरोप लागेको थियो । अहिले फेरि त्यो मुद्दा ब्युँत्याउने अभियानमा लागेको अमेरिकाले बजेटको पनि व्यवस्था गरिसकेको बुद्धिजीवी बताउछन् ।

डिसेम्बरमा ल्याएको अमेरिकाको सिनेटको एक कानूनले भारत र नेपालमा रहेका तिब्बती शरणार्थीको मानव अधिकार, स्वतन्त्रता र संस्कृतिको संरक्षणका लागि सहयोग गर्ने उल्लेख गरेको छ ।

त्यही कानूनका आधारमा बजेटको व्यवस्था पनि गरेको बताइन्छ । बुद्धिजीवीह भन्छन् ‘‘अब अमेरिका त्यतिमात्र सीमित छैन भन्ने छनक गत हप्ता दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका कर्मचारीले नेपालीको एकटोलीलाई चुहाएको संकेत भने अब अमेरिका उइगुरहरुको मुद्दा पनि उठाउनेछ । त्यो नेपालकै भूमिबाट उठाउने प्रयत्न हुनेछ । 

स्रोतहरुका अनुसार, चीनको सिञ्जिया प्रान्तका अल्पसंख्यक समुदायका रुपमा रहेका उइगुरको मानवअधिकार, स्वतन्त्रता र संस्कृति संरक्षणमा जोड दिनु अमेरिकाको कर्तव्य हुने शैलीमा अमेरिकी अधिकारी प्रस्तुत भएका छन् । उइगुरहरुको एउटा समूह अहिले विद्रोहमा छ । त्यसरी आन्दोलन गर्नेहरुमध्ये केही पश्चिमा मुलुकमा सक्रिय रहेको बताइन्छ् ।

केही नेपालबाट घुसपैठ गरिरहेका छन् । त्यसको फाइदा उठाएर उनीहरुलाई पनि आन्दोलित बनाउन सके आफ्नो रणनीतिक स्वार्थ पूरा गर्न सकिने सोचमा पश्चिमा मुलुकहरु रहेको बुद्धिजीवीहरुको विश्लेषण रहेको छ । 

 नेपालबाट चीनविरुद्धको पश्चिमा रणनीति लागू गर्ने अभियानमा रहेकाले पनि अहिले नेपाल सामरिक महत्वको स्थल भएको छ । बुद्धिजीवीहरु भन्छन्, अमेरिकाले दुई बर्ष पहिला ल्याएको इन्डो प्यासिफिक रणनीतिभित्र तिब्बतीयन र उइगुरहरुको मुद्दालाई पनि समेटेर नेपालीभूमिमा आन्दोलित गराउने र चीनलाई तनाब दिने रणनीति पनि देखिन्छ ।

कानूनी आधार नै खडा गरेको अमेरिकाले त्यस्ता गतिविधिलाई सक्रिय बनाउने संकेत नेपाली पत्रकारको एउटा टोलीलाई संकेत दिएपछि परिस्थिति गम्भीर बनेको पत्रकारहरुबीच चर्चा छ । नेपालले आयोजना गरेको लगानी सम्मेलनमा भूमिकाविहीन भई असहयोग गरेका राजदूत र्याण्डी वेरीको प्रशासनले अहिले यो संकेत चुहाउनुलाई निकै गम्भीररुपमा हेर्नुपर्ने कूटनीतिज्ञहरु बताउछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार