• २०७६ जेठ ८ बुधबार

अमेरिकामा निर्मित नेपाली चलचित्र संयोगको प्रेमियर सो सम्पन्न

विजय थापा
टिभी अन्नपूर्ण, डिसी ।

न्यूयोर्कको ज्याक्सन हाइट्स स्थित शेर्पा केदुगको हलमा अमेरिकामा निर्माण भएको नेपाली चलचलित्र संयोगको प्रेमियर सो भव्यताका साथ सुसम्पन्न भयो । प्रेमियर शोको शुभारम्भ न्यूयोर्कस्थित नेपाली महावाणिज्यदुतावासका महावाणिज्यदुत पुष्पराज भट्टराईले कम्प्युटरको किबोर्ड थिचेर गरेका थिए । 

अमेरिकी बसाई बेफुर्सदिलो हुँदाहुँदै पनि विशाल हल नभएको कारणले दुई सो देखाउन बाध्य हुनुपरेको थियो ।  हाम्रो सिर्जना, हाम्रो मेहनत तथा हाम्रो भाषा साहित्य, कला, संस्कृतिलाई माया गरेर आफ्नो अमूल्य समय छुट्ट्याएर उपस्थित भएकोमा उपस्थित सबैलाई स्वागत गर्दै चलचित्र निर्मात्री तथा साहित्यकार गीता खत्रीले सबै कलाकार मित्रहरूको तर्फबाट आभार प्रकट गरिन् । उक्त अवसरमा सबै कलाकारहरूलाई  प्रशंसापत्र दिइएको थियो । 

महावाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा बसेर आफ्नो  कामका तल्लीन हुँदाहुँदै पनि नेपाली चलचित्रको निर्माण गर्न भ्याउनु आफैमा  ठुलो कुरा भएको बताए । यसमा संलग्न सबैलाई धन्यवाद दिनै पर्छ र अझ राम्रा चलचित्र हेर्न पाइयोस् भन्दै शुभकामना पनि दिएका छन् ।  

चलचित्रमा अभिनय गर्ने कलाकारहरू न्यु योर्क र पेन्सिलभानिया स्टेटका बासिन्दा हुन् । नारीको त्याग र बलिदानबाट पारिवारिक सुख संवृद्धि प्राप्त गर्न सकिन्छ भनेर समाजका लागि एउटा सन्देश यो चलचित्रले बोकेको छ ।

साथै नयाँ कलाकारहरूलाई प्रोत्साहन गर्ने र उनीहरूलाई आफ्नो सिप देखाउने अवसर प्रदान गर्नु पनि यो चलचित्र निर्माणको उद्देश्य हो ।  चलचित्रको कथा वस्तु गीता खत्रीको कथा संयोगबाट लिइएको छ भने यसका निर्देशक ओम कर्माचार्य रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार