• २०७६ श्रावण १ बुधबार

दिल्लीलाई ६ विकेटले पराजित गर्दै चेन्नाई आइपीएलको फाइनलमा

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै चेन्नाई सुपरकिंग्स फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा एक सय ४८ रनको विजय लक्ष्य चेन्नाईले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । चेन्नाईका लागि ओपनर फाफ डु प्लेसिस र सेन वटसनले अर्धशतक बानाए । दुवैले समान ५०–५० रन बनाएका थिए । आम्बाती रायडूले २०, सुरेश रैनाले ११ र कप्तान महेन्द्र सिंह धोनीले ९ रन बनाए । बलिङमा दिल्लीका ईशान्त शर्मा, ट्रेन्ट बोल्ट, अक्षर पटेल र अमित मिश्राले एक एक विकेट लिए । दिल्लीले यस खेलमा पनि नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई खेलाएन ।

त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीका लागि ऋषभ पन्तले सबैभन्दा धेरै ३८ रन बनाए । शिखर धवनले १८, कोलिन मुनरोले २७ र श्रेयस अय्यरले १३ रन बनाए । इशान्त शर्माले नटआउट १० रन बनाए । अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङमा चेन्नाईका दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान दुई दुई विकेट लिए । इमरान ताहिरले एक विकेट झारेका थिए ।

अब आइतबार चेन्नाई र मुम्बई इण्डियन्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार