• २०७६ श्रावण २ बिहीबार

१३ सयको बिन्दुमा नेप्से, शिवमका लगानीकर्ता मालामाल

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६.३० अंकले बढेर १ हजार ३ सय १ दशमलव ३४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

आज कुल १ सय ६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर खरिदबिक्री हुँदा ७८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

सोमबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा देखिएको छ। शिवमको ११ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । जसको बजार मुल्य ४९७ रुपैयाँ रहेको छ । त्यस्तै दोस्रो र तेस्रोमा प्राइम कमर्शियल बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन् । 

यस दिन सर्वाधिक कमाउनेमा शिवम सिमेन्ट र जलविद्युत लगानी तथा डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९६ र ९ दशमलव ५९ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा हिमालयन डिस्टिलरीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ६ दशमलव ०७ प्रतिशतले घटेको छ । 

सोमबारको कारोबारमा शिवम् सिमेन्ट,हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने हिमालयन डिस्ट्रिलरी, यूनाइटेड मोदी, जोशी हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार