• २०७६ भदौ ३१ मंगलबार

श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध

श्रीलंकाले सामाजिक सञ्जाल तथा म्यासेजिङ एपहरुमा प्रतिबन्ध लगाएको छ । इस्टर पर्वको समयमा इस्लामिक लडाकुले केही चर्च तथा होटेलहरुमा श्रृंखलाबद्ध आक्रमण भएपछि जारी अस्थिरताका बीच श्रील्रका सरकारले फेसबुक, हृवाट्स्एप लगायतमा प्रतिबन्ध लगाएको हो ।

अल्पसंख्यक मुस्लिम समुदायमाथि आक्रमण हुनसक्ने तथा जातीय द्वन्द्व भड्कनसक्ने आशंकामा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । श्रीलंकाको सूचना विभागका महानिर्देशक नलाका कालुवेवाले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नका लागि सामाजिक सञ्जालमा अस्थायी प्रतिबन्ध लगाइएको बताउनुभयो । श्रीलंकाको कोलम्बोस्थित ४ वटा होटेल र चर्चमा गत अप्रिल २१ मा झएको आक्रमणमा २ सय ५० बढीले ज्यान गुमाएका थिए ।

सो आत्रमणपछि मुस्लिम र क्रिश्चियनबीच साम्प्रदायीक तनाव बढेको छ । त्यसको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत हुन थालेपछि श्रीलंकाले पछिल्लो कदम चालेको त्यहाँको सूचना विभागलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार