• २०७६ श्रावण १ बुधबार

‘कबड्डी कबड्डी कबड्डी’ को औपचारिक घोषणा, दयाहाङसँगै उपासना र कर्मा

सफल चलचित्र ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ को औपचारिक घोषणा गरिएको छ । सोमबार राजधानी एक विशेष कार्यक्रमको आयोजना गर्दै चलचित्रको घोषणा गरियो ।

घोषणा कार्यक्रममा फिल्मका शीर्ष कलाकारको उपस्थिति थियो । जेठको ५ गतेबाट छायांकनमा जान लागेको चलचित्रलाई भदौदेखि तिहारसम्म जुनसुकै बेला पनि रिलिज गर्ने निर्माणपक्षको योजना छ । 

यो चलचित्रमा अघिल्ला दुई सिरिजका मुख्य नायक दयाहाङ राई केन्द्रिय भूमिकामा रहनेछन् । चलचित्रमा नायिका उपासना सिंह ठकुरी र नायक कर्मा थपिएका छन् । यस्तै, चलचित्रमा नायिका रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, वुद्दि तामाङ, लुनिभा तुलाधर, बिजय बराल पनि मुख्य भूमिकामा छन् । चलचित्रको निर्देशन रामबाबु गुरुङले गर्नेछन् । यसअघिका दुई भागमा पनि गुरुङकै निर्देशन थियो ।

‘कबड्डी कबड्डी कबड्डी’ मा कथा उपेन्द्र सुब्बा र निर्देशक गुरुङको रहेको छ । चलचित्र कमेडी जानरामा निर्माण हुनेछ । फिल्मका निर्देशक रामबाबु गुरुङले यो फिल्म दर्शकले रुचाउने विश्वास व्यक्त गरे । स्वजातिय बिबाह र अन्तरजातिय प्रेमकथामा यो चलचित्र बन्नेछ । चलचित्रमा कमलमणि नेपाल, अरुणा कार्की, राजन खतिवडा, मणी के राई, डीबी गुरुङ, राजेन्द्र थापाको पनि अभिनय रहनेछ ।

बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रमा माउन्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्य रहनेछ । चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार