• २०७६ श्रावण १ बुधबार

नेम्वाङ एन्फाको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत

 पंकज बिक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । एन्फा कार्यसमितिको मंगलबार बसेको कार्यसमिति बैठकले नेम्वाङलाई सर्वसम्मत चयन गरेको प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।

बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा मंगलबार सम्पन्न कार्यसमिति बैठकले उपाध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो । एन्फा विधान अनुसार ४ उपाध्यक्षमध्येका एक वरिष्ठ तोक्ने प्रावधान अनुसार नेम्बाङ चुनिएका हुन् । नेम्वाङसँगै अर्का उपाध्यक्ष वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका थिए । बाँकी दुई उपाध्यक्ष कृष्ण थापा र उपेन्द्रमान सिंहले भने वरिष्ठमा दाबी गरेका थिएनन् ।

गत वर्ष वैशाख २२ गते भएको निर्वाचनमा नेम्वाङले उपाध्यक्ष मध्ये सर्वाधिक मत प्राप्त गरेका थिए ।

उपाध्यक्ष बाहेक कार्यसमिति बैठकले अन्य चार एजेन्डामा पनि निर्णय गरेको छ । बैठकले यसै वर्ष जिल्ला, प्रदेश र एन्फा प्रेसिडेन्ट लिग सञ्चालन गर्ने नियमावली पनि अनुमोदन गरेको छ ।

यस्तै ४५ जिल्लाका फुटबल संघ र ए, बी, सी डिभिजन क्लबहरुमा सम्भाव्यताको अध्यन गरी कम्तिमा १० स्थानमा एकैपटक भौतिक पूवार्धारहरु निर्माण तथा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ । यस्तै कर्मचारी कार्यविधि पनि लागू गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार