• २०७६ श्रावण १ बुधबार

पीडितले दिएको उजुरी प्रहरीले लिएन, शव अस्पतालमै (भिडियो )

चिकित्सकको लापरबाहीले बालिकाको ज्यान गयो

गएको वैशाख २३ गते चिकित्सकले गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाहीकी बालिका आकृतिकुमारी साहका शव अझै अस्पतालमा छ । छोरी गुमाएको पीडाले छटपटिएका अभिभावकलाई राज्य सरकारको दिएको पीडा अझै बढी छ । अस्पतालका  चिकित्सकको गम्भीर गल्तीले बालिकाको ज्यान गएको स्वयम् चिकित्सक स्विर्काछन । तर  न्याय खोज्दै दिनहुँ विभिन्न निकायहरूमा धाइरहेका मृतक बालिकाका आफन्त भने राज्यको हरेक निकायको बेवास्ताले पिडामाथि पीडा सहन बाध्य छन् ।  उपचारका लागी ल्याएकी छोरी अस्पतालकै कारण गुमाउनुपर्दाको चोट बोकेर अहिले आकृतिका आफन्त मेडिकल काउन्सिलदेखि स्वास्थ्य मन्त्रालयसम्म पुगे ।  तर, पीडितको कुनै सुनुवाइ नभएको बालिकाका बुवा राम प्रवेश शाह बताउँछन् । आफ्नी छोरीको मृत्युको विषयमा अनुसन्धानको माग सहित जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय पुग्दा आफ्नो  उजुरी दर्तासमेत गर्न नमानेको उनको गुनासो छ । उजुरी दर्ता गर्न प्रहरीले आलटाल गरेपछि पीडितले शव बुझ्न अस्वीकार गरेका छन्। गएका ९ दिनदेखी कहिले प्रहरी कार्यालय महाराजगन्ज त कहिले सरकारी वकिलको कार्यालय  धाइरहेका छन्, राम प्रवेश साह । तर, चिकित्सकले गलत रगत दिएका कारण मृत्यु भएका स्वीकार गरेपछि पनि उनको  उजुरी दर्ता गराउन तयार छैन प्रशासन । 


अस्पताल प्रशासनबाटै प्राप्त जानकारीका आधारमा उनीहरू अहिले छोरी मृत्यु प्रकरणमा मुछिएका व्यक्तिलाई किटानी दिन चाहान्छन । तर निम्न आर्थिक हैसियत र शक्तिकेन्द्रमा कुनै पहुँच नभएका उनीहरूलाई प्रहरी हप्कीदप्की गरेर फर्काउँछ ।  सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा चिकित्सकले फरक रगत दिँदा उनको मृत्यु भएको थियो ।   ‘ओ’ पोजेटिभ रगत समूह भएकी आकृतिलाई चिकित्सकले  ‘ए’ पोजेटिभ रगत दिएका थिए  । उपचारपछि निको हुनुपर्ने अस्पताभित्रै यति ठुलो लापरबाही भएको घटनाका हप्ता दिन हुँदा सरकारले समेत चासो दिएको छैन । अस्पतालको चरम लापरबाहीले बालिकाको ज्यान गएको विषयमा  अस्पतालले भने सामान्य प्रतिक्रिया दिने गरेको छ । गरिब र कमजोर हैसियत पीडितलाई थामथुम पारेर फर्काए सबै सकिने बुझेको अस्पताल प्रशासन यसलाई सामान्य घटनाका रूपमा लिन्छ । अस्पतालका कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्मा  भन्छन् यो सामान्य घटना हो । अस्पतालसँग असन्तुष्ट कर्मचारीका कारण  बढ्दै गयो । उपचारका लागी आएकी एउटी बालिकाले अस्पतालमै ज्यान गुमाउनुपर्छ । त्यो पनि हत्याको शैलीमा तर अस्पताल भन्छ यो सामान्य हो । छोरी गुमाएको पीडाले आह«त बनेका बालिकाका आफन्तमाथि यो भन्दा ठुलो पीडा राज्यका न्यायिक निकायले दिएको छ । चिकित्सकको चरम लापरबाहीले मेरी छोरीको ज्यान गयो छानबिन गरिपाऊँ भन्दा प्रहरी मिल्दैन भन्छ ।  । घटनाको छानबिनका लागी अस्पतालले छानबिन समिति गठन गरेको  छ भने नेपाल मेडिकल काउन्सिलले पनि भिन्दै छानबिन समिति गठन गरेको छ । यो समितिले सत्य तथ्य बाहिर ल्याउने र आफूले न्याय पाउनेमा पीडित शाह परिवार भने विश्वस्त हुन सकेका छैनन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार