• २०७६ श्रावण १ बुधबार

कालोपुलमा युवतीमाथि एसिड प्रहार गर्ने पक्राउ

काठमाडौंको कालोपुलमा  युवतीमाथि एसिड प्रहार गरेको आरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटी नेतृत्वको प्रहरी टोलीले केहीबेर अघि पक्राउ गरेको हो ।

भुजेल युवतीका श्रीमान भएको समेत बताईएको छ । डीएसपी बोगटीका अनुसार काभ्रेका विष्णु भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरी फरार भएपछि तत्काल भुजेललाई काठमाडौं काँडाघारी सनसिटीबाट पक्राउ गरेको हो । उनीहरुको ३ वर्षको छोरा समेत रहेको बताइएको छ । 

युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पठाइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार