• २०७६ असोज ६ सोमबार

बालबालिकाको छात्रवृत्तिको पैसामा सञ्चालक र शिक्षकको रजाँई

अखिलेश कुमार यादव
टिभी अन्नपूर्ण, रौतहट ।

रौतहट जिल्लाका केही सरकारी विद्यालयमा विद्यार्थीको नाममा आएको छात्रवृत्तिको रकम  व्यवस्थापन समिति र शिक्षकहरूको मिलेमतोमा हिनामिना भएको भेटिएको छ। अविकसित नगरपालिकाको रूपमा रहेको फतुवा विजयपुर नगरपालिकाको वडा नं. ३ मा रहेका श्री आधारभूत विद्यालय र श्री यामुना कौशल्यवती स्मृति आधारभूत विद्यालयमा विद्यार्थीहरूको लागि आएका छात्रवृत्ति विद्यार्थीहरूले नपाएको खुलेको छ । यी दुवै विद्यालयमा ४९र४९  हजार छात्रवृत्ति आएको देखिन्छ ।

यमुना कौशल्यवती स्मृति आधारभूत विद्यालयमा दलित गरिब र जेहेन्दार विद्यार्थीहरूको लागि चार चार सयको दरले छात्रवृत्ति आउने गरेको छ । तर उक्त रकम स्कुल सञ्चालक समितिको अध्यक्ष पुरुषोत्तम मिश्रले हिनामिना गरेको स्कुलको प्रधानाध्यापक निता पाण्डेयले जनकारी गराएकी छिन। अहिलेसम्म आएको छात्रवृत्तिको रकम विद्यार्थीहरूले कहिल्यै नपाएको गुनासो प्रधानाध्यापक पाण्डेयको छ । साथै विद्यार्थीहरूले अहिलेसम्म आफ्नो घरबाट बोरा ल्याएर भुइँमा बसेर पढाइ गर्ने गरेको भेटिएको छ । 
त्यस्तैगरि आधारभूत विद्यालयलयका प्रधानाध्यापक बरमानन्द पटेलले विद्यार्थीहरूले छात्रवृत्ति बुझेको भनेर ल्याप्चे लगाउन भनेर पैसा आफैले राख्ने गरेको खुलेको छ । छात्रवृत्तिको एक रुपैयाँ पनि अहिलेसम्म कुनै विद्यार्थीले नपाएको अभिभावकको गुनासो छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार