• २०७६ भदौ ३१ मंगलबार

नेकपाले टुंग्यायो जनवर्गीय संगठनको भागबन्डा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनको भागबन्डा टुंग्याएको छ। 
 बिहिबार बसेको नेकपाको सचिवालय बैठकले  नेकपामा २२ जनवर्गीय संगठन मध्ये धेरैजसोको भागबन्डा टुंग्याएको हो ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको बैठकले विद्यार्थीको जिम्मा अनेरास्ववियुका तत्कालीन महासचिव ऐन महरलाई दिने निर्णय गरेको छ। 

यस्तै मजदुर संगठनको जिम्मा जिफन्टका विनोद श्रेष्ठ, युवा संगठनको नेतृत्वमा तत्लीन योङ कम्युनिस्ट लिगका अध्यक्ष रामप्रसाद सापकोटालाई दिने निर्णय भएको छ। महिला संगठनको नेतृत्व अमृता थापामागर, पत्रकारको जिम्मा महेश्वर दाहाललाई र बुद्धिजीवीको जिम्मा डा. दिनेशचन्द्र देवकोटाले पाएका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार