• २०७६ मङ्सिर २३ सोमबार

पर्खाल भत्किँदा ५ जनाको मृत्यु

 चीनको साङ्घाई शहरमा रहेको एक पर्खाल भत्किँदा ५ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

साङ्घाई शहरस्थित चाङ्निङ जिल्लामा रहेको एउटा कारखानाको पर्खाल भत्किँएको हो ।  पर्खाल भत्किँदा  घाइते भएकाहरुकाे उपचारका लागि अस्पताल लगिएको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । 

पर्खाल नियन्त्रित रुपमा भत्काउने क्रममा दुर्घटना भएको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको सिन्ह्वाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार