• २०७६ जेठ ८ बुधबार

हेलिकोप्टरमै जन्मियो मृत शिशु

रुकुम पूर्व ,

व्यथा लागेको तीन दिनसम्म पनि सुत्केरी हुन नसकेर हेलिकोप्टरबाट उद्धार गरिएकी महिलाले हेलिकोप्टरमै मृत शिशु जन्माएकी छिन् ।  

पुथाउत्तगंगा गाउँपालिका ८, चारगाउँकी १६ वर्षीया मिलना मल्ललाई व्यथा लागेको ३ दिन हुँदा पनि बच्चा नजन्मेपछि हेलिकोप्टर मार्फत उद्दार गरिएको थियो । तर हेलिकोप्टर दाङ घोराहीको आसपास पुगेको बेला हेलिकोप्टरमै मरेको बच्चा जन्मेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले जानकारी दिएकी छन् ।

सुत्केरी र उनका आफन्तलाई हेलिकोप्टरले नेपालगञ्ज विमानस्थलमा छाडेको छ । सुत्केरीको अवस्था सामान्य नै रहेको र आवश्यक उपचारको लागि अस्पताल लगिएको उपाध्यक्ष मल्लले बताइन् ।

सुत्केरी व्यथा लागेको लामो समयसम्म बच्चा नजन्मेपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार