• २०७६ भदौ ३ मंगलबार

स्पेनमा दुर्घटनामा परी स्याङजाका कोइरालाको मृत्यु

स्पेनको बार्सिलोनास्थित सडक दुर्घटनामा परि नेपाली नागरिक मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा बिरुवा गाउँपालिका–६ सिचन्नेबासका २२ वर्षीय पुजन कोइरालाको रहेका छन् ।

शनिबार राति साइकलमा सवार कोइरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।  होम डिलीवरी सेवामा एक कम्पनी मार्फत् खाना पुर्याउन गएको बेला उनी दुर्घटनामा परेका हुन् ।

परिवार स्रोतका अनुसार ५ दिनदेखि उनले स्पेनमा नयाँ काम सुरु गरेका थिए । दुई वर्षअघि अध्ययनका लागि जर्मनी गएका उनी स्थायी बसोबासका लागि भन्दै बिगत ७ महिनादेखि स्पेनमा बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार